प्रहरी द्धारा चोरीको आरोपमा पक्राउ परेका सार्वजनिक

तुलसीपुर, ४
चोरीको आरोपमा पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले बिहिबार सार्वजनिक गरेको छ । प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि तुलसीपुर उपमहानगरपालिका १० गोलौरी निवासी १७ बर्षका शिवराज चौधरीलाई चोरी गरिएको सामान सहित सार्वजनिक गरिएको हो ।
चौंधरीलाई तुलसीपुर उपमहानगरपालिका १८ दुन्द्रामा मामाको घरमा लुकेर बसेको अवस्थामा चोरीको सामान सहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । सूचना प्राप्त गरेको तीन घन्टा भित्र पक्राउ गरिएको प्रनाउ सापकोटाले बताए । विभिन्न कम्पनी र मूल्यका मोबाइल १० थान, मेमोरी कार्ड तीन थान, पेनड्राइभ दुई थान, एरफोन एक थान, व्याट्री एक थान र नगद एक हजार ६ सय १५ रुपैयाँ सहित दुई लाख ३६ हजार ६ सय ६५ रुपैयाँको सामान बरामद गरेको प्रनाउ सापकोटाले बताए ।
चौंधरी यस अघि पनि विभिन्न समयमा चोरीको आरोपमा पक्राउ परेका थिए । चौधरीले आज विहान चार बजे तुलसीपुरको विपिचोकमा रहेको गोविन्द बस्यालको सगरमाथा इलेक्ट्रोनिक्स पसलको सटरमा लगाएको ताला फोडेर चोरी गरी भागेका थिए । पसलमा राखीएको सिसी क्यामरामा कैद भएको दृष्यका आधारमा प्रहरीले चौंधरीलाई पक्राउ गर्न सफल भएको हो ।

 

प्रकाशित मिति : २०७४ माघ ४ गते बिहिवार
प्रतिक्रिया