सिसी क्यामराले तुलसीपुरमा चोर पत्ता लगायो

तुलसीपुर, ४ माघ

सिसी क्यामराले चोर पत्ता लगाएको छ । पसलमा राखीएको सिसी क्यामरामा कैद भएको दृष्यले तुलसीपुरको विपिचोकमा रहेको सगरमाथा इलेक्ट्रोनिक्स पसलमा चोरी गर्ने व्यक्तिको पहिचान भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेमा तुलसीपुर १० निवासी सिवराज चौंधरी रहेको प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । आरोपी तुलसीपुर १८ दुन्द्राबाट केहिबेर अघि पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिलाई दुई बजे पत्रकार सम्मेलन गरेर चोरी भएको सामान सहित सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । चौधरीले विहान चार बजे पसलको सटरमा लगाएो ताला फोडेरविभिन्न कम्पनीका १७ थान मोवाइल, १० हजारको रिचार्ज कार्ड, पाँच हजार नगद सहति करिब ३ लाख बराबरको चोरी गरेको पसल धनी गोविन्द बस्यालले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७४ माघ ४ गते बिहिवार
प्रतिक्रिया