बन्दले दाङको जनजिवन झनै कष्टकर बन्दै

 

तुलसीपुर, ४ माघ

सरकारले तोकेको अस्थाई राजधानी अबैज्ञानिक र अव्यवहारीक भएको भन्दै गरिएको दाङ बन्दका कारण यहाँको जनजिवन थप कष्टकर वन्दै गएको छ ।  आन्दोलनकारीहरुले अनिशिचकालिन वन्दको घोषणा गरेपछि यहाँको जनजिवन झनै कष्टकर बन्न थालेको हो । दाङमा अस्थाई राजधानी तोकिनु पर्ने भन्दै माघ दुई गते देखि गरिएको आन्दोलन बुधबार देखि झनै चर्कीएको छ । सरकारले आफै बनाएको प्राविधिक समितिले तयार पारेको प्रतिवेदनलाई लत्याएर अस्थाई राजधानी तोकेको वन्दै दाङमा कृयासील राजनीतिक दल, राजधानी सरोकार समिति, उद्योगबााणिज्य संघ, नागरिक समाज लगाएका सरोकारवाला निकाय सडकमा उत्रीएका छन् । आन्दोलनकारीले माघ ३ गते लाई कालो दिनको रुपमा मनाउने देखि घर– घरमा कालोझण्डा गाड्ने जस्ता आन्दोलनका कार्यक्रम छन् ।

वन्द सफल बनाउन आन्दोलनकारीहरुले सडकका चोक चोकमा जम्मा भएका छन् भने दाङका मुख्य शहर तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुबाङ बजार बन्द छन । सवारी आवागमण पूर्ण रुपमा ठप्प छन् । दाङ भएर बाहिर जाने र भित्रीने हजारौ यात्रुहरु चिवबाटोमा अलपत्र परेका छन् । कतिपय यात्रुहरु वेखर्जी भएको पनि विवरण बाहिर आउन थालेका छन् । सडकहरु सुनसान वनेका छन् । वन्दकर्ताहरुले अस्पताल बाहेक सबै सरकारी कार्याल, होटल लगायत बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी छ र छैन त्यसको एकिन गरेर मात्रै चल्न दिने, अटो, रिक्साहरू समेत सञ्चालनमा रोक लगाएका छन् ।

यसका साथै, आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरि जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने, राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने लगायतका कडा आन्दोलनको स्वरुप तय गरेको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले बताएका छन् । वन्दमा अपाङ्गग, बालबालिकासंग भएका आमा, जेष्ठनागरिक प्रभावित भएका छन् । आन्दोलकारीले तुलसीपुर घोराही सडक, पूर्वपश्चिम राजमार्ग अन्र्गत लमही नेपालगञ्ज सडकका विभिन्न ठाउँमा ढुङ्गामुढा तेस्राएर अवरोध गरेको दाङ प्रहरीले बताएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : २०७४ माघ ४ गते बिहिवार
प्रतिक्रिया