दंगाली जनताले सरकारको निर्णय स्वीकार गर्दैनन् – सांसद केसी

तुलसीपुर, ३ माघ
सरकारले तोकेको अस्थाई राजधानी अबैज्ञानिक र अव्यवहारीक भएको भन्दै दाङमान कृयासील राजनीतिक दलहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । आज साँझ नै राजनीतिकदहरुले तुलसीपुरको विरेन्द्रचोकमा कोणसभा गरेर विरोध गरेका छन् । कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले सरकारले निर्णय पुर्नरविचार नगरे सम्म आन्दोलन नरोकिने बताए ।
निर्णय नहुँदा सम्म दाङलाई प्रादेशिक राजधानीको आशा देखाएर अन्तिममा दोका दिएको भन्दै सरकारको निर्णयलाई दंगाली जन्ताले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए । यसैविच प्रदेश सभा सदस्य उत्तरकुमार वलीले आन्दोलन सबैको एकताको बलबात हुने भएकाले सबैले आ–आफनो ठाउँबाट लाग्नु पर्ने बताए । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्का, तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे, तुलसीपुर उद्योगाबाणिज्य संघका अध्यक्ष विरु रावत, निर्वतमान अध्यक्ष बिमल रिजाल लगाएतले सम्बोधन गरेका थिए ।
यसैविच बुधबार विहानै देखि गरिएको बन्दका कारण दाङको जनजिवन कष्टकार वन्दै गएको छ । वन्दका कारण लामो तथा छोटो दुरीका सवारीसाधन संचालनमा नआउँदा जनजिवन कष्टकर बनेको हो । वन्दमा शैशिक्षक संस्था, कलकारखाना, बजार, उद्योगधन्दा, यातायात वन्द गरिने आन्दोलनकारीले बताएका छन् ।

 

 

 

प्रकाशित मिति : २०७४ माघ ३ गते बुधवार
प्रतिक्रिया