सरकारले तोक्यो सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश ५ को रुपन्देही

काठमाडौं,३ माघ ।

सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

प्रकाशित मिति : २०७४ माघ ३ गते बुधवार
प्रतिक्रिया