मर्यादित र सार्थक आन्दोलन गरौ – नगरप्रमुख पाण्डे

 

शरद रेग्मी,तुलसीपुर, माघ ३ ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले दाङ्गलाई प्रादेशिक राजधानी वनाउनका लागि सवै एकजुट भएर लाग्नुपर्ने वताउनुभएको छ तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै पाण्डेले दाङ्गमा मात्रै आन्दोलन गरेर नहुने भएकाले केन्द्रमा गएर पनि पहल गर्नुपर्ने वताउनुभयो । उहाँले भन्नुभयो ‘केन्द्रमा गएर सामुहिक रुपमा केन्द्रीय नेताहरुलाई निरन्तर दवाव दिने काम गरौ ।’

आन्दोलनलाई सवैले मर्यादित र संयमित ढँगले अगाडि वढाउनुपर्ने आवश्यकता भएका वताउँदै पाण्डेले टायर वालेर र तोडफोड गरेर लक्ष्यमा पुग्न नसकिने पनि वताउनुभयो । ‘प्रदेश राजधानी दाङ्ग उपयुक्त छ भन्ने कुरा सरकारी प्रतिवेदनमा समेत उल्लेख भएकाले हामी पछाडि हट्नु हुँदैन ।’ पाण्डेले भन्नुभयो ।

त्यसैगरि तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले आन्दोलनका क्रममा केही गलत काम भएको वताउँदै सवैमिलेर संयमित ढँगले आन्दोलनलाई निरन्तरता दिनुपर्ने वताउनुभयो ।

यसैविच तुलसीपुर उपमहानगरपालिकाको पहलमा तुलसीपुर उद्योग वाणिज्य संघ र राप्ती बहिरा संघका विचमा मेलाका सन्दर्भमा छलफल हुने तुुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले वताउनुभयो । छलफलबाट मेलाको वारेमा अन्तिम टुङ्गो लगाउने उहाले जानकारी दिनुभएको छ । उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव रुपवहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ माघ ३ गते बुधवार
प्रतिक्रिया