मदिरा सेवन बाट दाङमा एक जनाको मृत्यु

 

तुलसीपुर,३ माघ ।
अत्याधिक मदिरा सेवन बाट दाङमा एक जनाको ज्यान गएको छ । ववई गाउपालीका वडा नम्बर ७ ढोलपुर बस्ने ३१ बर्षिय नर बहादुर डाँगीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । स्थानिय नविन चौधरीले माघि मान्न घर बोलाएको बेला मदिरा सेवनको क्रममा उनि बेहोस भएका थिए ।

]उनलाई राती ११ बजे अञ्चल अस्पताल तुलसीपुर ल्याउदा अस्पतालले उनलाई मृत घोषणा गरेको डिएसपी प्रकाश सापकोटाले बताए । डाँगीले दिनभर पनि अन्यत्र मदिरा सेवन गरेका थिए ।

यसवारेमा थप अनुसन्धान भैरहेको र सोधपुछका लागि सँगै मदिरा पिइरहेका नविन चौधरी र जनक वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो समाचार तयार पार्दासम्म मृतक डाँगीको शव लाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति : २०७४ माघ ३ गते बुधवार
प्रतिक्रिया