एक्कासी गरिएको बन्दले जनजिवन प्रभावित

तुलसीपुर, २ माघ
प्रदेशको राजधानी दाङ हुनुपर्ने माग गर्दै एक्कासी गरिएको दाङ वन्दका कारण नागरिकको जनजिवन प्रभावित वनेको छ । केहि मिडियामा प्रदेश नम्बर पाँचको अस्थाई राजधानी लुम्वीनीमा तोक्ने तयारी भएको खबर सार्वजनिक भएपछि दाङका विभिन्न स्थानमा आन्दोलन सुरु गरिएको हो ।
वन्दका कारण गन्तव्यमा हिडेका यात्रुहरु मर्कामा परेका छन् । वन्द कर्ताहरुले दाङमा राजधानी हुनुपर्ने माग गर्दै तुलसीपुर बजारका विभिन्न ठाउँ ठाउँमा टायर जलाएर दबाब दिइरहेका छन् । तुलसीपुर उद्योगबाणिज्य संघको अगुवाइमामा दिउसो दुई बजे देखि अपरान्ह चार बजे सम्म बजार र यातायात वन्द गरिएको भनिए पनि बन्द अझै खुलेको छैन । तुलसीपुर उद्योगाबाणिज्यसंघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालीसेले दिउसो दुई बजे देखि चार बजे सम्म बन्द गरिएको त्यसपछिको बन्द आफुलाई थाहा नभएको बताउनुभयो । यता तुलसीपुर प्रहरीले नागरिक समाज भन्नेले बन्द गरेको जानकारी आफुहरुलाई आएको बताएको छ ।

 

 

प्रकाशित मिति : २०७४ माघ २ गते मङ्गलवार
प्रतिक्रिया