बाह्रकुने र रिहारमा भव्य मेला

तुलसीपुर,१ माघ ।
माघे सक्रान्तिको अबसरमा दाङका विभिन्न स्थानमा मेला लागिरहेको छ । थारु समुदायको भुमिको रुपमा परिचित दाङमा माघे संक्रान्तिको अबसरमा विभिन्न स्थानमा मेला लाग्ने गर्दर्छ । खास गरि घोराही उपमहानगरपालिका १३ स्थित बाह्रकुने दह, सतबरिया स्थित रिहार लगाएतका स्थानमा भब्य मेला आज लाग्ने गर्छ ।

जिल्लाको पर्यटकीय र धार्मिक क्षेत्रको विकास गर्ने उदेश्यका साथ माघे संक्रान्तिको अबसरमा बाह्रकुने दहमा प्रत्येक बर्ष जस्तै यसबर्ष पनि बाह्रकुनेमा विविध सांस्कृतिक कार्यक्रम , भक्तजनका लागी ढुङ्गाको व्यवस्था, बालवालिकाका लागि बाल उद्यान, काठको चर्खे पीङको व्यवस्थापन गरिएको छ । मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनका लागि लाईनको व्यवस्थापन समेत मिलाईएको छ ।

मेलाको सुरक्षाका लागी झण्डै एक सय प्रहरी र त्यतिकै स्वययम सेवक परिचालन गर्ने वताउँदै मेलामा आउँने भक्तजनलाई सुरक्षाका बारेमा चिन्ता नगर्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७४ माघ १ गते सोमवार
प्रतिक्रिया