माघ २ गते प्रदेश प्रमूख र अस्थायी राजधानी तोकिने

काठमाण्डौ,१ माघ ।
सरकारले भोलीसम्म प्रदेश प्रमूख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । अन्य दलहरुसँग सहमतिको प्रयास गर्दा केही ढिलाई भएपनि भोलीसम्म प्रदेश प्रमूख तोक्ने तयारीमा सरकार छ । अब सहमति भएपनि नभएपनि भोलीसम्ममा प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने बाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो ।

यसैबिच निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाएको छ । आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

राजनीतिक दाउपेच र खिचातानीका कारण प्रदेश प्रमुख तोक्न ढिलाइ भएपछि निर्वाचन आयोगले भोली पाँच दललाई बोलाएको छ । प्रतिनिधिसभा सदस्य चुनवामा राष्ट्रिय दलको मान्यता पाएका एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमलाई प्रदेश प्रमुख तोक्न ताकेता गर्न लागेको हो ।

आयोगले पर्सीसम्म प्रमुख नतोकिए राष्ट्रियसभा चुनावको कार्यतालिका प्रभावित हुने बताएको छ ।

प्रकाशित मिति : २०७४ माघ १ गते सोमवार
प्रतिक्रिया