आज थारु समुदायले माघी पर्व मनाउँदै

तुलसीपुर,१ माघ ।
आज माघ १ गते माघे सक्रान्ती अर्थात माघि पर्व धुमधामका साथ मनाइदै छ । दाङमा आ आफनै संस्कार अनुसार यो पर्व मनाईदै छ । नेपालमा विभिन्न ठाउमा छरीएर रहेका थारु समुदायले महन पर्व माघि धुमधामका साथ मनाउदै छन। माघि पर्वलाई नया वर्षको रुपमा लिने गरीन्छ । झण्डै एक हप्तासम्म माघि पर्व मनाउने प्रचलान रहेको छ ।

पुसको अन्तीम दिनमा घर घरमा माछा मासु ढिक्रि लगायतका परीकार खानपिन गरी रातभर नाचगान गरेर यो पर्व सुरु हुन्छ । माघिमा धुमरु नामक विशेष गित गाउने र मघौटा नाच नाच्ने चलन पनि छ । थारु समुदायले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् ।

प्रकाशित मिति : २०७४ माघ १ गते सोमवार
प्रतिक्रिया