श्रीमानको औला काट्नेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

तुलसीपुर, ३० पुष
दाङ देउखुरी जिल्ला अदालतले तुलसीपुरकि एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । श्रीमानको हातका चार वटा औंला काटेको अभियोगमा पक्राउ परेकि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटे निवासि बर्ष ६४ कि रिसमी महतरालाई अदालतले आइतबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
गत पुस १२ गते राती श्रीमान चन्द्रबहादुर महताराको दायाँ हातका चार वटा औंला काटेर अगेनोमा पोलेर खाएको आरोपीले प्रहरी समक्ष बयान दिएकि थिईन ।
उनलाई १३ गते विहान ईलाका प्रहरी कार्यालय तुलसीपुरले रापती अंचल अस्पतालको परिसरबाट पक्राउ गरेको थियो । नेपालगञ्जमा उपचार गराएर फर्किएका श्रीमान महतराले छोडिदिन भन्दै न्यायाधिस समक्ष हारगुहार गरेपनि कुनै सुनूवाई नभएको गुनासो गरेका छन । महतारले श्रीमतीले हाट काटिदिए पछि आफु अपाङ्ग जस्तै भएको घरमा स्याहारसुसार गर्ने अर्को व्यक्ति नभएकाले छोडिदन आग्रह गर्दै आएका थिए । आफ्नो चार औला काटी पोलेर खाने श्रीमतिलाई छुटाउन प्रहरी देखि न्ययाधिस सम्म भेट्न पटक पटक पुगेका थिए ।

 

प्रकाशित मिति : २०७४ पुष ३० गते आइतवार
प्रतिक्रिया