विद्युत चोरी गरेको आरोपमा ६ जना पक्राउ

तुलसीपुर, २८ पुष

विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरीको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ । हुक मार्फत मेन तारबाट विजुली चोरेर घरमा बालेको आरोपमा पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका सुब्बा युवराज विष्टले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बबई गाउँपालिका ७ बस्ने बर्ष ३० का प्रकाश विक, दंगिशरण गाउँपालिका २ बस्ने बर्ष ६० का भोलबहादुर विक, सोही ठाउँका ४८ बर्षका कलबहादुर नेपाली, बर्ष २७ का सुर्य बहादुर चौधरी, बर्ष १६ का, सुरज विक, बर्ष ६३ का पिमलाल नेपाली रहेका छन् । उनिहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा गएराती घरबाट नियन्त्रणमा लिएको प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखीएको छ ।

प्रकाशित मिति : २०७४ पुष २८ गते शुक्रवार
प्रतिक्रिया