लमहीमा ३ दिने राष्ट्रिय जागरण सम्मेलन

प्रियास्मृति गजमेर,लमही २७ पुस ।
हिन्दु जागरण नेपालको आयोजनामा ३ दिने राष्ट्रिय जागरण सम्मेलनको आज एक भब्य समारोहका बिच लमहीमा उद्घाटन गरिएको छ । पहिलो पल्ट राखिएको सभा एबम सम्मेलनलाइ देउखुरी बासीहरुले चासोको रुपमा नियालिरहेका छन । भोलि दोस्रो दिन बन्द सत्र , तेस्रो दिन हिन्दु जागरणको बिषयमा ब्यापक छलफल,नीतिनियम लगायतका बिषयमा केन्द्रित रहने लमही नगरका अध्यक्ष नेत्र सिंह ठकुरीले जानकारी दिनुभएको छ ।

हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायको अध्यक्षता एबमं स्वर्गद्वारी आश्रम प्युठानका प्रतिनिधि नवराज घिमेरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय देशमा धर्म परिबर्तन गर्नेहरुको चलखेल ब्यापक बृद्धी भैरहेको भन्दै त्यसलाई निरुत्साहित पार्नका लागि सम्पूर्ण हिन्दुबादीहरू एक ठाउमा उभिएर परास्त पार्नुपर्ने भनाइ राखेका थिए ।

सोहि समारोहमा धर्मको नाममा देशमा र्आिथक प्रलोभनमा पारि व्यक्ति किनबेच कार्यले व्यापकता पाइरहेको भन्दै त्यस प्रति बेलैमा सचेत रहन सम्पूर्ण हिन्दुधर्मप्रती आस्थावान व्यक्तिहरुमा आग्रह गरिएको थियो । झन्डै ८५ प्रतिशत हिन्दुवादी रहेको नेपालमा अल्पशंख्यक अन्य धर्म बादीहरुले केहि पनि गर्न नसक्ने उदघोस गरेका थिए ।

सनातन हिन्दु राष्ट्र घोषणा हुन देशमा अनिबार्य रहेको भन्दै त्यसो नभए सदाका आन्दोलन बाट भए पनि घोषणा गरेरै छाड्ने दाबि सो अवसरमा गरेका थिए । कार्यक्रममा हिन्दु जागरण नेपाल लमही नगर समितिका अध्यक्ष नेत्र राज सिंह ठकुरी,समाजसेवीहरु बिनोद कुमार केसी,जागेस्वर शर्मा कोषराज निरौला सुनसरीकी भागवत प्रबक्ता राधिका दासी, स्याङ्जाका नेत्रप्रकाश पराजुली लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।

गुरु जगन्नाथ सुबेदी र ओम संगीत पाठशालाका राजेश क्षेत्री सहितको टोली द्वारा राष्ट्रिय गित द्वारा गरिएको कार्यक्रमको संचालन रागभ उपाध्यायले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार
प्रतिक्रिया