आज पृथ्वी जयन्ती, सार्वजनिक विदा

काठमाण्डौं,२७ पुस ।
नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको दुईसय ९६औं जन्म जयन्ती आज मनाईंदैछ । सरकारी स्तरबाट कुनै औपचारिक कार्यक्रम नभए पनि विभिन्न राजनीति दल, नागरिक अगुवा तथा नीजि क्षेत्रको पहलमा भने विभिन्न कार्यक्रम हुँदैछ । २००७ सालपछि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाईंदै आए पनि २०६२÷०६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो । सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एकता दिवसमा बिदा हुने जनाएको हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन परेकोले बिदा दिएको सरकारले जनाएको छ। २०६३ देखि अघिल्लो बर्षसम्म यो बिदा कटौती गरिएको थियो। विदा दिने या नदिने भन्ने विषयमा मन्त्रिपरिषदमा समेत विवाद भएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार
प्रतिक्रिया