जनताले चुनेपनि राज्यले अझै चिनेन्: पोख्रेल

तुलसीपुर,२६ पुस । 

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पाखरेलले चुनावको परिणाम आएको लामो समय भइसक्दा समेत सपथ ग्रहण नगराएर गलत गरेको बताउनुभएको छ । दाङको टरिगाउँ विमानस्थलमा आज रिपोटर्स क्लवले गरेको साक्षात्कारमा जनताले चुनेका प्रतिनिधीलाई सपथ ग्रहण नगराएर निर्वाचन आयोगले जनमतको अपमान गरेको बताउनुभयो ।

उहाँले प्रधिनिधी र प्रदेश सभाका सदस्यलाई तत्काल सपथ ग्रहण गराएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न समेत सरकार र निर्वाचन आयोगलाई आगह गर्नुभयो । साक्षात्कारमा नेता पोखरेलले एमाले र माओवादी एकिकण हुनेमा शंका नगर्न आग्रह गर्दै नयाँ पार्टीको नेतृत्व कसले गर्ने भन्ने छलफल नै नभएको दावी समेत गर्नुभयो ।

नेता पोखरेलले प्रदेशको अस्थायी मुकाम तोक्न आनाकानी नगर्न समेत सरकारलाई सुझाव दिनुभएको छ । रिपोर्टस क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण बिमल गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २६ गते बुधवार
प्रतिक्रिया