भेटिएको शवको पहिचान

तुलसीपुर,२६ पुस ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँमा भेटिएको शवको पहिचान खुलेको छ । शव राजपुर गाउँपालिका वडा नम्वर ७ निवासि रत्न बहादुर राणाको रहेको प्रहरीले जनाएको छ । शव दमारगाउँको भन्ज्याङ खोलामा हिजो फेला परेको थियो ।

ईप्रका तुलसीपुरका डिएसपी प्रकास सापकोटाका अनुसार मृतककले राजपुर गाउँपालिका वडा नम्वर ७ को कुवाखोलाका बर्षराम वली र बिमलाको परिवारले दुई लाख पचास हजार रुपैंया ठगेको व्यहोरा उल्लेख गरेको चिठ्ठीको आधारमा शवको पहिचान खुलेको हो ।

प्रकाशित मिति : २०७४ पुष २६ गते बुधवार
प्रतिक्रिया