तुलसीपुर उपमहानगरले माघी महोत्सव गर्ने

 

तुलसीपुर, पुस २५ । तुलसीपुर उपमहानगरपालिकाले थारु जातिको कला र संस्कृतिको संरक्षणका लागि माघ ६ गते माघी महोत्सव गर्ने भएको छ । दाङ जिल्लाको भुमिपुत्रका रुपमा रहेका थारु जातिको कला र संस्कृति संरक्षण गरेर यस क्षेत्रलाई साँस्कृतिक पर्यटनको हवका रुपमा विकास गर्ने लक्ष्यका साथमा महोत्सवको आयोजना गरिएको संयोजक लक्ष्मण चौधरीले जानकारी दिए । उक्त कार्यक्रममा उपमहानगरस्तरिय माघी विशेष थारु नृत्य प्रतियोगिता पनि गरिने उनले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु १५ हजार , १० हजार र ७ हजार पुरस्कार राखिएको पनि उनले वताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको पशुपति मावि हरिपौरी स्कुलमा कार्यक्रमको आयोजना गरिएको सह संयोजक पर्शुराम चौधरीले वताए । उनले तुलसीपुर उपमहानगर भित्रका कलाकारले सम्वन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने पनि वताए ।

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार
प्रतिक्रिया