आज प्रदेश प्रमुख तोक्ने सरकारको तयारी

काठमाण्डौं,२४ पुस ।
सरकारले प्रदेश प्रमुख तोक्ने विषयमा विषयमा मन्ँित्रपरिषदमा छलफल गर्दैछ । आजै प्रदेश प्रमुख तोक्ने तयारी रहेको मन्त्रीहरुले बताएका छन् । तर, मन्त्रिपरिषदको बैठक कति बेला बस्ने तय भइसकेको छैन । वाणिज्यमन्त्री मीन विश्वकर्माले आज मन्त्रिपरिषद बैठकले प्रदेशप्रमुख नियुक्त गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

बैठकको समय बिहान बाट साँझ सार्ने विषयमा प्रधानमन्त्रीको तर्फबाट जानकारी आएको उहाँले बताउनुभयो । प्रदेशप्रमुखको नियुक्ति गरेपनि प्रदेशको अस्थायी राजधानी भने नतोकिने उहाँले स्पस्ट पार्नुभयो ।

प्रकाशित मिति : २०७४ पुष २४ गते सोमवार
प्रतिक्रिया