टरीगाउँ एयरपोर्टबाट समिट एयरले उडान भर्न सुरु गर्यो

तुलसीपुर, २३ पुष

दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टबाट समिट एयरले आज देखि उडान भर्न सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयर विच भएको सहमति अनुसार आइतबार देखि समिट एयरले उडान भर्न सुरु गरेको हो । समिट एयरको विमान एक बजेर ९ मिनेट जाँदा टरीगाउँ एयरपोर्टमा अवतरण गरिएको थियो ।

१८ जना यात्रु लिएर आएको जहाँज सिटक्षेमता अनुसार १८ जना यात्रु लिएर एक जबेर ४३ मिनेट जाँदा काठमान्डौका लागि उडेको थियो । जहाँजबाट ओर्लिने क्रममा उपप्रधान मन्त्री कृष्ण बहादुर महरा, एमाले नेता तथा प्रदेश सभा सदस्य प्रकाश ज्वाला, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले, पाईलट, कोपाइलतलाई सर्याौ सर्वसाधरण नागरिकले फुलमाला लगाएर भव्यस स्वागत गरेका थिए ।

समिट एरले हप्तामा दुई दिन आइतबार र शुक्रबार दाङ काठमान्डौका लागि उडान भर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।
सो अवसरमा बोल्दै पाण्डेले अब दाङ उठेको बताउनु भयो । उहाँले सवैको प्रयासमा विमान संचालनमा आएको बताउदै अब समृद्धिको ढोका खुलेकाले दाङ जुरुक्कै उठ्ने बताउनुभयो ।

 

प्रकाशित मिति : २०७४ पुष २३ गते आइतवार
प्रतिक्रिया