मैत्रीपूर्ण भलिबलमा प्याब्सन विजयी

प्याब्सन दाङको २८ औँ स्थापना दिवशको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको छ । दिवशको अवसरमा प्याब्सन र नेपाल पत्रकार महासंघ दाङबीच शनिवार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको हो । घोराहीमा भएको प्रतियोगितामा १९­२५, २६­२४ र २१­२५ को अंकले प्याब्सनको टिम विजयी भएको थियो ।

प्रतियोगितामा पत्रकार महासंघको तर्फबाट खेलाडीमा सविन प्रीयासन, सुदिप गौतम, नरेन्द्र केसी, जे.एन.सागर, हिरा वली, केशरमान बुढाथोकी, गणेश वली, युगराज पोख्रेल, वेदराज पोख्रेल, उदय विसी र आर.के.शीतल रहनुभएको थियो । यस्तै प्याब्सनको तर्फबाट पोषण न्यौपाने, लक्ष्मीप्रसाद बुढा, नवराज खत्री, चित्र घर्ति, नारायण घिमीरे, राजेन्द्र चन्द, सुशील आचार्य र सन्देश बुढा रहनुभएको थियो । प्रकाश केसी र चन्दन जिएमले एम्पाएरको भूमीका निर्वाह गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २२ गते शनिवार
प्रतिक्रिया