महिला जिस्क्याउने प्रहरी फन्दामा

 

तुलसीपुर,२१ पुष
राप्ती शान्ति उद्यानमा पिक्नीक खान गएका महिलाहरुलाई जिस्क्याएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ८ निबासी कष्ण वली, सुरेश चौधरी, ज्ञानबहादुर चौंधरी, श्रीराम चौधरी र खेमराज चौंधरी रहेको इलाका प्रहरीकार्यालय तुलसीपुरका प्रहरी नायव उपरक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । पक्राउ परेका सबैलाई मेडिकल जाँच गरेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : २०७४ पुष २१ गते शुक्रवार
प्रतिक्रिया