पूर्वराजाले दाङका दुई धार्मीक स्थलमा पूजा गरे

तुलसीपुर, २१ पुष

पूर्वराजा ज्ञानेन्द्रले दाङको घोराहीमा रहेका दुई धार्मीक स्थलमा पुजापाठ गर्नु भएको छ । पूर्वराजा ज्ञानेन्द्रले गोरक्षरतननाथ र अम्बिकेश्वरी मन्दिरमा गएर पुजा गरेको प्रचार प्रसार समिति दाङका संयोज पुर्णचन्द धितालले जानकारी दिनुभएको छ । पुजापाठ पश्चात राजाले सर्वसाधारण जनतासंग केहिवेर भेटघाट गर्नुभएको थियो । नेपालगञ्जबाट दाङ आउने क्रममा अमिलिया, लमही लगाएतका विभिन्न स्थानमा राजासमर्थकले राजाआउ देश बचाउ भन्ने नारा समेत लगाएको संयोजक धितालले बताउनुभयो । राजा गोरक्षरतननाथ मन्दिरमा सवा बाह्र बजे आइपुग्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २१ गते शुक्रवार
प्रतिक्रिया