४५ हजार तिरेपछि डोजर र ट्रिप्पर छोडियो

 

तुलसीपुर, २० पुष
माटो उत्खनन् गर्ने डोजर र ट्रिप्परलाई प्रहरीले ४५ हजार जरिवाना गरेर छोडेको छ । तुलसीपुर उपमहानगरपालिका १९ स्थित बाँसगडीमा अबैध रुपमा माटो उत्खनन गरेको सूचनाका आधारमा गएको प्रहरी टोलीले एउटा डोजर र २ वटा ट्रिप्परलाई नियन्त्रणमा लिएको थियो । सवारीधनीले जिल्ला समन्वय समितिमा डोजरको २५ हजार र ट्रिप्परको २०/२० हजारका दरले पैसा बुझाएको रसिद ल्याएर आएपछि प्रहरीले छोडेको हो ।
प्रहरीले ना७ख ६४९६, रा१ख १४८५ नम्बरको ट्रिप्पर र रा१क ४८४ नम्बरको डोजरबाट लाई हिजो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २० गते बिहिवार
प्रतिक्रिया