सिलाई व्यवसायी संघको पाँचौ सिप सप्ताहको समापन

तुलसीपुर, २० पुष
श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले सिप र क्षेमता हुने व्यक्तिले जहाँ गएपनि उन्नती गर्न सक्ने बताउनुभएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको पाँचौ सिप सप्ताह समापन कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै मन्त्री चौंधरीले प्रगतिको माध्यम सिप भएकाले सिपलाई भरपूर रुपमा प्रयोगमा ल्याउन सक्ने व्यक्ति नै सफल हुने बताउनुभयो । अवको मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उहाँले समृद्धि विना नयाँ नेपालको परिकल्पना गर्न नसक्ने बताउनुभयो । ‘मुलूकलाई समृद्ध बनाउने तपाईको जिम्मा छ,’ मन्त्री चौधरीले भन्नुभयो,‘ सिपलाई प्रदर्शन गर्नुहोस सरकार सहयोग गर्न तयार छ ।’
सिप युक्त युवाहरु अहिले पनि खाडि मुलूकमा जान बाध्य भएको भन्दै श्रम तथा रोजगार मन्त्री चौधरीले अब युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सृजना गरेर आत्मनिर्भर बनाउने सरकारको तयारी रहेको बताउनुभयो ।
सिलाई व्यवसायीलाई थप क्षेमता अभिवृद्धिकालागि सरकार सहयोग गर्न तयार रहेको भन्दै उहाँले व्यवसायीका समस्या प्रधानमन्त्री शेरबहादुर देउवासामु जस्ताको तस्तै राखेर समाधानका लागि पहल गर्ने बताउनुभयो ।
सो अवसरमा कार्यक्रमका सभापति एवं नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले राज्यले व्यसायीको सिप र पेशालाई उचित कदर गर्न नसकेको बताउनुभयो । संघमा आवद्ध अठाह्र हजार व्यवसायीले झण्डै डेढ लाख जनलाई रोजगारी दिएको भन्दै अध्यक्ष श्रेष्ठले व्यवसायीको क्षेमता अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।
‘हामीले सिलाएको कपडा समान्य देखि उच्च तहको व्यक्तिले लगाउने गर्छन,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘तर हाम्रो सिप विकास र रोजगारका लागि राज्यले कहिल्यै ध्यान दिएन ।’
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटा, तुलसीपुर उद्योगबाणीज्य संघका महासचिव रुपमबहादुर खत्री, घरेलु विकास समितिका रामप्रसाद देवकोटा, संघका बरिष्ठ उपाध्यक्ष लालबहादुर परियार, द्धितिय उपाध्यक्ष तुलसी कृष्ण श्रेष्ठ, तृतिय उपाध्यक्ष काली प्रसाद नेपाली, केन्द्रिय सदस्य गणेस प्रसाद बराल, सहआयोजको तर्फबाट रुपन्देहीबाट शुवर्ण परियार, बाँकेबाट शेरबहादुर नेपाली, दाङबाट चुर्ण परियार पूर्व केन्द्रिय सदस्य प्रकाश परियार लगाएतले बोल्नुभएको थियो ।
पुष १४ गते बुटवलबाट सुरु भएको पाँचौ सिप सप्ताह कार्यक्रमलाई दाङको तुलसीपुरमा समापन गरिएको हो । कार्यक्रम पूर्व तुलसीपुरको उद्योगबाणिज्य संघबाट सुरुभएको व्यवसायीहरुको ¥याली बजारका विभिन्न भाग परिक्रमा गरि बाणिज्यसंघमा पुगेर कार्यक्रमा परिनत भएको थियो ।

 

 

 

प्रकाशित मिति : २०७४ पुष २० गते बिहिवार
प्रतिक्रिया