पूर्वराजाले अम्विकेश्वरी र गोरक्षरतननाथमा पुजा गर्ने

तुलसीपुर, २० पुष
पूर्वराजा ज्ञानेन्द्र शाहले भोली दाङको अम्विकेश्वरी मन्दिरमा पुजाआज गर्ने कार्यक्रम तय गरिएको छ । पूर्वराजा ज्ञानेन्द्रले अम्विकेश्वरी मन्दिर र गोरक्षरतननाथ मन्दिर चौघेरामा पुगेर पुजा गर्ने कार्यक्रम रहेको प्रचार विभाग समिति दाङका संचार संयोजक पुर्णचन्द्र धितालले जानकारी दिनुभयो ।
अम्विकेश्वरी मन्दिरमा करिब आधा घन्टा पुजाआजपछि सर्वसाधरण जनतासंग भेट गर्ने कार्यक्रम रहेको संचार संयोजक धितालले बताउनुभयो । धितालका अनुसार दिउसो बाह्र बजे अम्विकेश्वरी मन्दिरमा पुजा र भेटघाट पछि चौघेरामा रहेको रतननाथ मन्दिरमा पुगेर पुजा गरि डोको होटलमा गएर बस्ने व्यवस्था मिलाईको छ । होटेलमा करिब दुई घन्टासम्म बस्ने कार्यक्रम छ । त्यसपछि नेपालगञ्ज नै फर्किने कार्यक्रम तय गरिएको समितले बताएको छ ।

यसैविच पूर्वराजालाई स्वागतका लागि सुरेन्द्र गिरी संयोजक रहेको एक सय एक मूल सामारोह स्वागत समिति गठन गरिएको छ ।
त्यस्तै उमाकान्त भण्डारीको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति र नरबहादुर बुढाथोकीको संयोजकतवमा आर्थिक उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०७४ पुष २० गते बिहिवार
प्रतिक्रिया