माटो उत्खनन गर्ने सवारीसधान नियन्त्रणमा

तुलसीपुर, १९ पुष
अबैध रुपमा माटो उत्खनन् गर्ने डोजर सहित ३ ट्रिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका १९ स्थित बाँसगडीमा अबैध रुपमा माटो उत्खनन गरेको सूचनाका आधारमा गएको प्रहरी टोलीले एउटा डोजर र २ वटा ट्रिप्परलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले ना७ख ६४९६, रा१ख १४८५ नम्बरको ट्रिप्पर र रा१क ४८४ नम्बरको डोजरलाई नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०७४ पुष १९ गते बुधवार
प्रतिक्रिया