तुलसीपुर बजारमा चोरी गर्दागर्दै दुई जना पक्राउ

तुलसीपुर १९ पुष
तुलसीपुरका बजारमा दिनदहाडै चोरी हुन थालेपछि व्यवसायी त्रसीत हुन थालेका छन् । पसल धनीको छेक हेरेर चोरले घर्राबाट पैसा चोरेर लग्ने गरेको व्यवसायीले बताउने गरेका छन् । यसैविच तुलसीपुर बजारको विभिन्न भागमा बुधबार दिउसो चोरी गर्दागर्दै दुई जना पक्राउ परेका छन् ।
तुलसीपुरको शितलपुर चोक नजिकै किराना पसलमा चोरी गर्नेक्रममा तुलसीपुर उपमहानगरपालिका ९ निबासी जीवन वलीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । पसल धनी सौंच गर्न गएको मौका छोपी घर्राबाट एक हजार ६२ रुपैयाँ लिएर भाग्दै गरेका वलीलाई व्यवसायीले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । त्यसैगरी सुनिलस्टेसनरी नजिकै कस्मेटीक पसलबाट ६ सय रुपैयाँ चोरेर भाग्दै गरेका तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क निवासी विकास परियालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना यस अघि पनि आधादर्जन बढी चोरीका घटनामा संलग्न रहेको प्रनाउ सापकोटाले बताए । प्रक्राउ पर्ने दुवैजना १५ बर्ष मूनिका छन् ।

प्रकाशित मिति : २०७४ पुष १९ गते बुधवार
प्रतिक्रिया