बौद्धिक अपाङ्गगता भएका बालबालीकलाई बल्याङकेट

तुलसीपुर, १८ पुष
कृयासील पत्रकार समूह दाङले उरहरीमा रहेका बौद्धिक अपाङ्ग विद्यार्थीलाई हरुलाई बल्याङकेट वितरण गरेको छ । पत्रकार समूहले भैलो खेलेर संकलन गरेको केहि रकमबाट बल्याङकेट वितरण गरेको सचिव गणेस आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार एक हजार आठ सयका दरले खरिद गरेका ८ वटा बल्याङकेट प्रदेश सभा सदस्य उत्तरकुमार वलीले बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको हो । जाडोमा न्यानो बनाउनका लागि बल्याङकेट वितरण गरिएको पत्रकार समूहले बताएको छ ।

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार
प्रतिक्रिया