चोरी मुद्धामा फरार व्यक्ति पक्राउ

तुलसीपुर,१८ पुस ।
चोरी मुद्धामा फरार व्यक्ति दाङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.८ प्रगतीनगर बस्ने बर्ष ३६ का गोपाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई देउखुरी जिल्ला अदालत दाङले २०७२ साल असोज १३ गते चचोरी मुद्धामा ढेड महिना कैद र ५१ हजार ७ सय ५० रुपैयाको जरिवाना सुनाएको थियो ।

फरार रहेका नेपालीलाई प्रहरी टोलीले जिल्ला दाङ घोराही उप(महानगरपालिका वडा नं.१४ नयाँबजार स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारीएको प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताईन । उनलाई दाङ देउखुरी जिल्ला अदालत घोराहीमा सोमवार नै पठाईएको एसपी सिंहले जानकारी दिईन।

 

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार
प्रतिक्रिया