सात वटै प्रदेशमध्ये सबैभन्दा उत्कष्ट स्थान दाङ: पोख्रेल

तुलसीपुर,१७ पुस ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले राज्य पुर्नसंरचना आयोगले पठाएकोे रिपोटमध्ये सबैभन्दा उत्कृष्ट दाङ जिल्लाका भएको बताउनुभएको छ । सात वटै प्रदेशमध्ये पाँच नम्बर प्रदेशको दाङ जिल्लाको बेलझुण्डीको आयुर्वेद शिक्षण भवन देशकै उत्कृष्ट रिपोट सरकारलाई बुझाएको समेत बताउनुभएको छ । नेकपा एमाले साविक बिजौरीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पूर्व सूचना तथा सञ्चारकर्मी रहेका पोख्रेलले पाँच नम्बर प्रदेशको राजधानी दाङ बन्ने कुरामा कुनै शंका नगरी त्यसका लागि आत्म निर्भर र उत्पादनशील काममा लाग्न समेत आग्रह गर्नुभएको थियो ।

नेपाली काग्रेसमा सत्ता लिप्साको चरित्रका कारण समस्या उत्पन्न भएको भन्दै इतिहासका कालखण्डमा जनादेशको अवमुल्यन पटक पटक काग्रेसले गर्दै आएको बताउनुभएको छ । नीति, विधि र नेतृत्वका साथ पाटी एकता हुने समेत बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले राष्ट्रिय सभामा महिलाहरुको सहभागिता ३७ प्रतिशत हुने व्यवस्थाका विरुद्वमा नेपाली काग्रेस रहेको बताउनुभएको थियो ।

निर्वाचन आयोगले निर्वाचित जनप्रतिनिधिहरुलाई राज्य संघ जोड्न नसक्नु दुभाग्य भएको बताउनुभएको थियो । दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा दुईका सांसद समेत रहेका पोख्रेलले संविधानमा देखिएका छिद्र समातेर सत्ता लम्ब्याउने खेलमा रहेको बताउनुभएको थियो । कार्यक्रममा दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा एकका सांसद अमर डाँगीले अब आर्थिक विकासका लागि कृषि, पर्यटनको विकासमा अघि बढ्ने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै डाँगीले नेपाली काग्रेसले जनताको जनादेश लत्याउदै अभिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य भागवत विश्वासी, जिल्ला अध्यक्ष टीकाराम खडका, उपाध्यक्ष हुकुम बस्नेत, सचिवालय सदस्य मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८का वडाध्यक्ष माधव वलीलगायकाले बोल्नुभएको थियो । १८ वडाका संयोजक शेरबहादुर खडकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले क्षेत्र नम्बर २का संयोजक देवराज विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन १८ नम्बरकी सहसंयोजक चित्रा धितालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष १७ गते सोमवार
प्रतिक्रिया