ट्रयाक्टर कृषिको काम ब्यवसायको

तुलसीपुर,१७ पुष
दाङमा भएका सवैजसो टयाक्ट्ररहरु कृषि प्रयोजनका लागी भित्र्याइएका भएपनी निर्वाध रुपले ब्यावसायीक काममा लगाउदा समेत प्रसासन मुकदर्शक वनेर वसीरहेको छ । कृषी प्रयोजनका लागी भित्र्याइएका टेक्ट्ररहरुलाइ भ्याट छुट गरिएकाका कारण सस्तो पर्ने भएपछी विगतमा ब्यवसायीहरु द्धारा माग वढेको विक्रेताहरुले दावी गरेका छन ।
कृषी प्रयोजनको लागी भित्र्याइएका टयाक्ट्ररहरुले रातो प्लेट राखेर हिजोआज निर्वाध रुपले काम गरिरहेका भेटिन्छन । दाङको तुलसीपुरमा मात्रै त्यस्ता टयाक्टरहरु १ सय ९० को सख्याँमा रहेको दाङ जिल्ला टयाक्टर ब्यवसायी समितीले वताएको छ ।
नेपालसरकारले यही आर्थीक बर्षदेखी कृषकहरुको नाममा आउने रातो प्लेटधारी टयाक्ट्ररहरुलाइ दिदै आएको भ्याट छुट वन्द गरेपछि प्रशासनले समेत कडाइ गर्न थालेको छ । अवका दिनमा भ्याट छुट पाउने गाडीको भन्दा थप झण्डै १लाख ५०हजार रुपैयाँ बढी तिर्नुपर्ने महेन्द्रा कम्पनीका प्रोपाइटर माधव वुढाथोकीले बताउनुभयो । अवका दिनमा ब्यावसायीहरुले रोजेर कालो वा रातो प्लेट राख्न पाउने गरी काम भइरहेको वताउदै उहाँले जिल्ला भित्रीने सवै टयाक्ट्रहरुको भ्याट यही साउन देखी तिरेर नै ल्याउने गरेको जानकारी दिनुभयो । आर्थीक बर्षको साउनकदेखी १३ प्रतिसत सवै भ्याट तिरेर ट्याक्ट्ररहरु ल्याउने गरेका कारण हर्षपावर अनुसार एउटामा झण्डै १लाख ५० हजार बढी पर्न गएको जानकारी उहाँले दिनुभयो । ।
दाङमा अहिले सम्म ३ हजार ३३ टयाक्टरहरु यातायात ब्यवस्था कार्यालय राप्तीमा दर्ता भएका छन । जिल्लामा भित्र्याइएका त्यस्ता टयाक्टरहरुमा केही सख्या वाहेक सवै जसो रातो प्लेटमा रहेको कार्यालयले दावी गरेको छ । कार्यालयका निमित्त प्रमुख यम वहादुर वुढाका अनुसार यस आर्थीक बर्षवाट भ्याट तिरेकै आधारमा दर्ता गर्ने गरेको छ । अवका दिनमा टयाक्ट्रर खरिद कर्ताहरुले विगतको भन्दा धेरै बार्षीक कर तिनुपर्ने कार्यालयले वताएको छ ।
नियमतः कृषी प्रयोजनका लागी भित्रयाइएका त्यस्ता टयाक्टरहरुले रातो प्लेट राखीसकेपछि ब्यवसायीक काममा रोक लगाउनुपर्ने भएपनि सरकारले तत्काल कुनै परिपत्र जारी नगरेका कारण कार्वाहीको प्रक्रिया अगाडी वढाउन नसकेको कार्यालयको भनाइ छ । ति टयाक्टरहरुले कृषी प्रयोजका लागी ब्यक्तीगत काम मात्र गर्ने छुट रहेको छ । ब्यवसायीक कामका लागी टयाक्टर, ट्रक वा अन्य गाडीले कालो प्लेट राखेर रुट अनुसार चलाउने अनुमती पाउने गरेको कार्यालयले जनाएको छ ।
दाङ जिल्ला टयाक्ट्रर ब्यवसायी समिती तुलसीपुरका अध्यक्ष चिन्तामणि आचार्यले कृषी प्रयोजनका भित्रयाइएका टयाक्ट्ररहरुवाट ब्यवसायीहरुले लाभ भन्दा क्षति धेरै ब्योहोरेको बताउनुभयो ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले रातो प्लेटधारी टयाक्ट्रहरुले ब्यावसायीक काम गर्न नपाउने भएपनि सरकारले त्यस्तो परिपत्र केही नगरेका कारण आफुहरुलाइ कार्वाही गर्न अप्ठारो परेको वताएका छन् ।

 

 

प्रकाशित मिति : २०७४ पुष १७ गते सोमवार
प्रतिक्रिया