ट्वाईलेट गएका ५५ बर्षिय एक बृद्धको मृत्यु

तुलसीपुर,१७ पुस ।
दाङमा ट्वाईलेट गएको बखत लडेर एक बृद्धको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर १७ निवासि ५५ वर्षिय कोमल रिजाल रहेको प्रहरीले जनाएको छ । उनि दमको रोगी भएको र टवइलेट भित्र लडेर ज्यान गएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आफ्नै घर बनाउन तुलसीपुर उपमहानगरपालीका १९ विजौरी निवासि कृष्ण खड्काको घरमा उनि छोरा संगै डेरा गरी बस्दै आएका थिए । उनको शव पोष्र्टमाटमका लागि अहिले अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०७४ पुष १७ गते सोमवार
प्रतिक्रिया