जनादेशविपरित देउवा सत्तामा टाँसीरहन खोजेका छन – पोखरेल

तुलसीपुर १६ पुष
पूर्व सूचना तथा संचारमन्त्री शंकर पोखरेलले शेरवबहादुर देउवा नेतृत्वको सरकार जनादेशविपरित सत्तामा टाँसीरहन खोजेको बताउनुभएको छ ।नेपाल राष्ट्रिय बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योगबाणिज्य व्यापार संगठनले प्रदेश सभा र प्रतिनिधि सभामा दाङबाट निर्वाचित सदस्यहरुलाई स्वागत तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
निर्वाचन एउटाको गर्ने र परिणाम अर्काको खोज्ने कुरा संगतिपूर्ण नरहेको भन्दै पोखरेलले आफुलाई लोकतन्त्र वादी भन्ने शक्ति नै संविधान विरोधी विभिन्न बखेडा झिकेर सत्तामा बसीरहन चाहेको बताउनुभयो ।
नेपाली कांग्रेस नेतृत्वलाई लोकतन्त्र प्रतिको थोरै चेत छ भने संविधान भित्रको कम्जोर चरलाई समातेर सत्तामा टिकिरहने लालसा राख्न नहुने बताउनुभयो ।
वर्तमान सरकारले अबिलम्ब जनताको जनादेशलाई सम्मान गर्नुपर्ने भन्दै एमालेका स्थायीकमिटी सदस्य समेत रहेका पोखरेलले विजेता दललाई बधाई दिएर जनाताको जनतादेश आफनो पक्षमा नभएको स्वीकार गर्दै राजीनाम दिई नयाँ सरकार गठनको प्रकृया आरम्भ गर्न आग्रह गर्नुभयो ।

‘जनताको जनादेशलाई कदर गर्दैै शेबादुर देउवाले राजीनाम दिएर नयाँसरको प्रकृया अघि बढायमा मात्रै उहाँलाई प्रजातन्त्रवादी नेता मान्न सकिन्छ,’ पोखरेलले भन्नुभयो,‘यदि त्यसो नभए काँग्रेस अधिनायकवाद वाटोमा अघि बढेको पुष्टि हुन्छ ।’ नेपाल राष्ट्रिय बाणिज्य संघका अध्यक्ष टोपबहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य इन्द्रजीत थारु, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, रामबहादुर दहित, नेपाल राष्ट्रिय उद्योग व्यपार संगठनका अध्यक्ष डिल्लीबहादुर वली, लगाएतले बोल्नु भएको थियो ।  कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय बाणिज्य संघका शेवक राम भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार
प्रतिक्रिया