त्रिभुवननगर जेसीसको अध्यक्षमा लक्ष्मण भण्डारी

तुलसीपुर,१६ पुस ।
त्रिभुवननगर जेसीसको अध्यक्षमा लक्ष्मण भण्डारी निर्वाचित भएका छन । शनिवार राति सम्पन्न भएको निर्वाचन बाट प्रतिष्पर्धि विवेक आचार्य लाई दोब्बर मत आन्तरले पराजित गर्दै उनि विजयी भएका हुन । ब्यवसायि भण्डारीले ६५ मत प्राप्त प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी आर्चायले ३१ मत प्राप्त गरे ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार कार्यकारी उपाध्यक्षमा मिनराज भाट र माधव पौडेल विजयी भएका छन । त्यसैगरी उपाध्यक्षमा श्रीधर जिसी, यज्ञबहादुर खड्का , प्रदिप सुवेदी , रोशन दाहाल विजयी भए । जम्मा मतदाता संख्या १ सय १ रहेको जेसिसको निर्वाचनमा ९६ मत मात्र खसेको थियो ।।

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार
प्रतिक्रिया