
तुलसीपुर,१६ पुस ।
रोजगारीका लागि ६ बर्ष अघि मलेसिया पुगेका दोलखा भुसाफेदा गाउपालिका साबिकका वीर बहादुर श्रेष्ठको डीसेम्बर ३० तारिक सुतेकै अबस्थामा मृत्यु भएको छ । काठमाडौको सुन्धारामा अबस्थित श्रेष्ठ कालिका म्यानपावर प्रालि बाट २०११ देखि रोजगारीको लागि मलेसियाको केलाङ सहरमा पुगेका वीर बहादुरको असामयिक निधन भयपछी परिवारको बिचल्ली भएको छ ।
मलेशियाको केलाङमा रहेको एकोनसेभ लोजिस्टिक कम्पनीमा कार्यरत श्रेष्ठ खाना खाएर साथिहरु सग कुराकानी गरि २९ तारिक बेलुका सुतेकाे भय पनि बिहान अबेर सम्म नउठेपछि काममा जान कोठाका साथिहरुले उठाउन भनेर जादा उनको मृत्यु भैसकेको जानकारी मलेसियाबाट दिप लिम्बुले दिएका छन ।
मृत्यु भएको थाहा पाएपछी साथीहरूले कम्पनी र प्रहरीलाई जानकारी दिएको र मृतकको शव हाल पोस्टमार्टमको लागि अस्पतालमा राखिए छ । शव लाई नेपाल कहिले पठाउने भन्ने बारे कम्पनीले कुनै जानकारी नदिएको लिम्बुले बताए । श्रेष्ठको परिवारमा एक छोरि र श्रीमती मात्रै रहेकी छिन ।