अबैध उत्खनन् रोक्न स्थानिय सक्रिय

तुलसीपुर,१६ पुस ।
तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका बासिन्दाहरु पातुखोलामा हुने अबैद्य उत्खनन् अन्त्य गर्न पहल लिएका छन् । पातुखोला पुल देखी पाँच सय मिटर भित्र उत्खनन् हुने गरेपनि स्थानीय सरकार, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायले कुनै चासो नदिएको भन्दै अबैद्य उत्खनन् रोक्न गोलौराबासी आफै सक्रिय भएका हुन् ।

अबैद्य रुपमा दुई ढाई मिटर भन्दा मुनी सम्म उत्खनन् भएको भन्दै गोलौराका बासिन्दाले आज उत्खनन् नगर्न चेतावनी समेत दिएको छ । पटक पटक तुलसीपुर उपमहानगरपालिका, ईलाका प्रहरी कार्यालयमा जानकारी दिदा पनि कुनै सुनुवाई नगरेपछि स्थानीय बासिन्दा नै सक्रिय भएर अबैद्य उत्खनन् रोक्न थालेको स्थानीय प्रकास केसीले जानकारी दिए ।

पातुखोला पुल देखी पाँच सय भित्र उत्खनन् हुदा  पुललाई असर परिरहेको र आबश्यक भन्दा बढी उत्खनन् हुँदा त्यस क्षेत्रको बस्ति तथा सिंचाई कुलोमा प्रत्येक्ष असर परेको भन्दै उत्खनन् रोक्न पहल थालेका हुन् ।

गोलौरामा जाने सिंचाई कुलो आसपासमा आबश्यक भन्दा बढी उत्खनन् हुँदा बर्सेनी खेती योग्य जमिन बाँझो हुँन थालेको कुलो संरक्षण समितिका कार्यबहाक अध्यक्ष दिपक न्यौपानेले बताए । आज उनीहरुले त्यहाँ कसैले पनि उत्खनन् नगर्न चेतावनी दिएको र आउदा दिनमा पनि उत्खनन् नरोकिए जस्तो सुकै कदम चाल्न पनि तयार रहेको कुलो संरक्षण समितिका सचिब बसन्त केसीले बताए । राप्ती समाचारमा खबर छापिएको छ ।

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार
प्रतिक्रिया