प्रदेश राजधानीको चर्चासँगै जग्गाको मूल्य उच्च

काठमाडौं । प्रदेश राजधानीको चर्चासँगै जग्गाको मूल्य अत्याधिक पाइएको छ । नेपाल समाचारपत्रमा समाचार छ । सरकारद्धारा गठित उच्चस्तिरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीलाई सम्भावित राजधानी प्रस्ताव गरेको छ ।

मुस्किलले २ देखि ३ लाख रुपैयाँ कट्ठा पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको दाङ घोराही उपमहानगरपालिका ७ का राकेश बस्नेतले जानकारी दिए । यस्तै ३ लाख मिटर पर्ने जग्गा अहिले ५ देखि ६ लाख रुपियाँमा कारोबार भइरहेको सुर्खेतका व्यवसायी रामचन्द्र शाहीले बताए ।

जनकपुर २३ का अहमद हुस्सेनले ३० देखि ३५ लाख प्रति कट्ठा पर्ने जग्गा राजधानीको चर्चा भएसँगै बढेर ४० लाख पियाँ पुगेको जानकारी दिए । सुनसरीमा केहीअघि ७० लाख सम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोड रुपियाँसम्म पुगेको छ ।

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार
प्रतिक्रिया