गरिबी घटाउन प्राविधिक जनशक्ति उत्पादन गर्छौ: पाण्डे

तुलसीपुर, १५ पुष
तुलसीपर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले गरिबलाई माथि उठाउने काममा केन्द्रित हुने बताउनु भएको छ ।
समाजमा वातावरणीय शिक्षाको विकास सिडको बार्षिक सामाजिक लेखाजोखा कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले आफु पनि गरिब परिवारमा जन्मेकाले गरिबको पिडा राम्रो गरी थाहा भएको बताउनुभयो । ‘अवको दश वर्षमाभित्र प्रत्येक घरमा कम्तीमा एक जना स्नातक पढेको, प्राविधिक शिक्षा जानेको जनशक्ति उत्पादन गर्ने हो,’ नगर प्रमुख पाण्डेले भन्नुभयो, समय परिवर्तनसंगै शिक्षा र सिपलाईसंगै लिएर अघि बढेमा गरिबीलाई न्युनिकरण गर्नसक्छौ ।’
प्राविधिक शिक्षाका लागि उपमहानगरपालिकाले जोड दिएको बताउदै उहाँले प्राविधिक शिक्षाले नै गरिबी अभाव र पिडाबाट मुक्त गर्न सहयोगी भूमिका निर्भाह गर्ने बताउनुभयो । लक्षीत वर्ग समुदायका लागि आएको आर्थिकम रकमलाई सहीरुपमा सदुपयोग गरेमा कार्यक्रमले सार्थकता पाउने भन्दै नगर प्रमुख पाण्डेले सामाजिक सरोकारका क्षेत्रमा कामकालागि उपमहानगरपालिका समन्य गर्न तयार रहेको बताउनुभयो ।
सो अवसरमा कार्यक्रम संयोजक माधव चौधरीले सिडले दाङका विभिन्न क्षेत्रमा गरेका उदाहरणीय प्रयास, उपलब्धी, रणनीतिक उद्देश्य, लाभान्वित संख्या, समस्या एवं चुनौति र सिकाईका बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गरी लेखा अधिकृत लक्ष्मी भण्डारीले साझेदारी मार्फत प्राप्त आम्दनी विवरण, परियोजनाको उद्देश्यगत वजेट र खर्च बिबरण सम्बन्धि आर्थिक प्रेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको विषय वस्तु माथि सिडका अध्यक्ष भागीराम चौधरीले प्रकाश पार्नुभएको थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकामा रहेका वडा अध्यक्षहरुको तर्फबाट तुलसीपुर उपमहानगरपालिका १६ का वडा अध्यक्ष भुपबहादुर केसी, गाउँपालिकामा रहेका वडाहरुको तर्फबाट शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगी, महिलाहरुको तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ नम्बर वडा सदस्य सुशिला बुढाथोकी, पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ दाङका सहसिचव शर्मिला डिसी, शिक्षकहरुको तर्फबाट माध्यामिक विद्यालय मानपुरका गिरीराज लम्साल, आयोजक संस्थाका उपाध्यक्ष शोमति चौधरी, प्रतिभा वली लगाएतले बोल्नु भएको थियो ।
माध्यामिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक गोविन्दबहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले गर्नुभएको थिया ।

 

प्रकाशित मिति : २०७४ पुष १५ गते शनिवार
प्रतिक्रिया