थारु भाषा नक्साङ्कन गोष्ठी

लालु चौधरी,तुलसीपुर, १३ पुस ।

विश्व शिक्षाको आर्थिक तथा प्राविधिक सहयोगमा लेखकहरुको सवलीकरण कार्यक्रमअन्तर्गत प्रारम्भिक तहमा केन्द्रित दंगौरा थारु भाषा नक्साङ्कन गोष्ठी बिहीबार तुलसीपुरमा भएको छ । विश्व शिक्षा र बेसको समन्वयमा गोष्ठी आयोजना भएको हो । भाषा छनौट गोष्ठीमा विभिन्न थारु भाषाका जानकार तथा शिक्षा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रारम्भिक तहका बालबालिकाहरुलाई लक्षित गरी पाठ्यसागम्री निर्माणका लागि गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा थारु भाषामा बोलिने फरक–फरक भाषामाथि छलफल गर्दै अधिकांश बालबालिकाहरुलाई सहयोग पुग्ने, स्पष्ट बुझ्न सक्ने दंगौरा थारु भाषा छनौट गरी पाठ्यसामग्री निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

गोष्ठीमा थारु भाषामा भएको भौगोलिक विविधताका कारण पुरै बुझिने, धेरैजसो बुझिने, आधामात्र बुझिने तथा थोरै मात्र बुझिने भाषामा नक्साङ्कन गरिएको थियो ।

प्रारम्भिक तहका बालबालिकाहरुलाई लक्षित गरी पाठ्यसामग्री तयार पार्दा बोल्ने तरिकाको आधारमा भाषा छनौट गरिनेसमेत जानकारी गराइएको थियो । उक्त पाठ्यसामग्री सफ्टवेयरमा रहने र जुनसुकै व्यक्ति तथा विद्यालयले बुझाई अनुरुप प्रयोग गर्नसक्ने जानकारी दिइएको थियो ।

कार्यक्रमअन्तर्गत निर्माण गरिने यस्ता पाठ्यसामग्रीहरु विभिन्न सातवटा भाषामा तयार पारिने बताइएको छ ।  जसअन्तर्गत दंगौरा थारु, अवधि, डोटेली, नेपाली, मैथली, भोजपुरी, नेवारी भाषामा तयार पारिने जानकारी गराइएको थियो ।

विश्व शिक्षाद्वारा स्थानीय साझेदार संस्थाहरुको सहकार्य तथा समन्वयमा विभिन्न सातवटा भाषामा पाठ्यसामग्री निर्माण गर्ने उद्देश्यले लेखकहरुको सवलीकरण कार्यक्रम गरिरहेको छ । कार्यक्रमको सहजीकरण विश्व शिक्षा कार्यक्रमका व्यवस्थापक सीमा आचार्यले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७४ पुष १३ गते बिहिवार
प्रतिक्रिया