करेन्ट लागेर एक ब्यक्तिको मृत्यु

तुलसीपुर १३ पुस ।
तुलसीपुरमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँ निबासी बिष्णु बस्नेतको घरमा झ्यालको पल्ला ठोक्ने क्रममा सल्यान कालिमाटिका २७ बर्षीय धर्मराज सुनारको मृत्यु भएको हो ।

बिहिबार बिहान ११ बजेतिर करेन्ट लाग्दा घाईते भएका उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनको साढे १२ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ पुष १३ गते बिहिवार
प्रतिक्रिया