तुलसीपुर १३ पुस ।
विगत लामो सयमदेखि अबरुद्ध तुलसीपुरको टरीगाउँ एयरपोर्ट अबको एकसाता भित्र संचालनमा आउने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र समिट इयरका सिइओ मनोज कार्कीले विहिवार काठमाडौमा विमान संचालनका विषयमा सहमति गरेपछि टरीगाउँ एयरपोर्टबाट अव नियमित विमान संचालनमा आउने भएको हो ।
सहमति अनुसार पुष २३ गतेदेखि समिट एयरले सातामा दुईपटक आइतवार र शुक्रवार उडान भर्ने भएको छ । तुलसीपुरदेखि काठमाडौसम्म डाइरेक्ट उडान हुने सहमति भएको पनि मेयर पाण्डेले वताए ।
‘अहिलेलाई काठमाडौबाट आउँदा १६ र जाँदा १८ यात्रु वोक्नेगरि सहमति भएको छ पाण्डेले भन्नुभयो’ ‘अहिलेलाई ६ हजार ६ सय र ७ हजार भाडा तोकिएपनि दैनिक उडान भएपछि केही घट्ने पनि उनले जानकारी दिएघट्छ ।’
तुलसीपुरमा एयरपोर्ट सञ्चालनमा नआँउदा यहाँका जनताहरु नेपालगञ्ज र भैरहवाबाट यात्रा गर्न वाध्य थिए । वाउजर मेसिन र ट्याङ्रका लागि आपूर्ति मन्त्रालयसँग पनि कुरा भइरहेको मेयर पाण्डेले बताउनुभयो । छलफल कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य यज्ञवहादुर केसी र पारिवारिक नीजि वनका केन्द्रीय अध्यक्ष जोगराज गिरीको पनि उपस्थिति रहेको थियो । विमान संचालनमा आउने भएपछि मेयर पाण्डे निर्वाचनको समयमा गरेको जहाज उडाउने प्रतिवद्धता पुरा हुनेभएको छ ।
मेयर पाण्डे र सिइओ कार्की विच जहाँज उडाउने सहमति
प्रकाशित मिति : २०७४ पुष १३ गते बिहिवार
प्रतिक्रिया