मन्त्रिपरिषद बैठक सम्पन्न,क्यान्सर र मृगौला रोगीलाई मासिक पाँच हजार दिने निर्णय

काठमाडौं,१३ पुस । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वास्थ्य सचिवमा ड. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले क्यान्सर, मृगौला रोगी र पक्षघात पीडिका लागि मासिक पाँच हजार दिने निर्णय गरेको छ ।

स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल समेत दाबेदार थिए । तर दुवैलाई पछि पार्दे डा. चौधरी स्वास्थ्य सचिव बनेकी हुन् । डा. चौधरीको नियुक्तिसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ ।

डा. किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । वरियतामा पहिलो नम्बरमा रहेकी डा. पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

प्रकाशित मिति : २०७४ पुष १३ गते बिहिवार
प्रतिक्रिया