तुलसीपुर,१३ पुस ।
श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा ईप्रका तुलसीपुर एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के छोटे निवासि बर्ष ६४ कि रिसमी महतरा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकि महतराले औला काटेर अगेनामा पोलेर खाएको बयान दिएकि छिन ।
उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्राउ गरेको डिएसपी प्रकाश सापकोटाले बताए । पीडित चन्द्र बहादुरको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ ।
प्रकाशित मिति : २०७४ पुष १३ गते बिहिवार