बेपत्ता भएका ६ किशोरी यसरी भेटिए

तुलसीपुर,१३ पुस ।
तीन दिनदेखी बेपत्ता भएका तुलसीपुरका ६ जना किशोरी परिवारको सम्पर्कमा आएका छन् । १४ देखी १८ बर्ष उमेर समूहका किशोरीहरु इप्रका तुलसीपुरको पहलमा परिवारको सम्पर्कमा आएका हुन् ।

इप्रका तुलसीपुरका प्रहरी नायव निरिक्षक रामबहादुर जिसीका अनुसार उनिहरु कास्कीको पोखराबाट आफन्तलाई फोन गरेका छन् । बेपत्ता भएका मध्ये एकजना युवतीकी आमालाई गिरफ्तार गरी सोधपुछ गरेपछी किशोरीहरुको अवस्था पत्ता लागेको हो । किशोरीहरुले आफन्तसँग आज बिहानसम्म घर आइपुग्ने बताएका छन् ।।

प्रकाशित मिति : २०७४ पुष १३ गते बिहिवार
प्रतिक्रिया