तुलसीपुर,१२ पुस ।
बृद्ध भत्ता लिन जादै गरेका एक बृद्धको नदिमा डुवेर ज्यान गएको छ । दाङको राजपुर गाँउपालीका २ बस्ने बर्ष ७८ का विरबहादुर सुनारको राप्ती नदिमा डुवेर ज्यान गएको प्रहरीले जनाएको छ । नदि किनार भएर गाँउपालीका कार्यालय जादै गर्दा लडेर उनि नदिमा खसेका थिए ।
आज विहान १० बजे नदिमा डुवेर वेपत्ता भएपछि दिउसो पौने ३ बजे कालिपुरुवा भन्ने ठाउमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति : २०७४ पुष १२ गते बुधवार