तुलसीपुरमा संचालन हुनलागेको महोत्सव प्रति बाणिज्य संघको गम्भिर ध्यानकर्षण,उसैका लागि प्रतिउत्पादक हुने प्रशासनको भनाई 

तुलसीपुर, १२ पुष

तुलसीपुर उद्योगबाणिज्य संघले अरनिको मैदानमा हुनलागेको प्रथम कृषि पर्यटन व्यापार तथा औद्योगीक मेला प्रति आफनो गम्भिर ध्यानाकर्षन भएको जनाएको छ । राप्ती बहिरा संघ दाङले केहि समय अघि तुलसीपुर उपमहानगरपालिका ५ स्थित अरनिको मैदानमा माघ ११ गते देखि २२ गते सम्म कृषि पर्यटन व्यापार तथा औद्योगीक मेला लगाउने भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि बाणिज्य संघको यस्तो धारना बाहिर आएको हो । बाणिज्य संघका अध्यक्ष विरबहादुर रावत विरु र महासचिव रुपबहादुर खत्री द्धारा बुधबार जारी प्रेस विज्ञप्तीमा नाफा कमाउने उद्देश्यले विभिन्न संघ संस्था तथा क्लवहरुले समेत ठेक्कामा दिएर व्यापार मेलाको आयोजना गर्नु दुःखद  कुरा भएको उल्लेख छ ।

मेला महोत्सव लगाउदा सम्बन्धित उद्योगबाणिज्य संघ, नेपाल उद्योग बाणिज्य महासंघ तथा पर्यटन वोर्डको अनुमति लिइ संचालन गर्नु पर्ने भएपनि जिल्ला प्रशासन कार्यालय दाङले संघको सहमति विना अनुमति प्रदान गरेको भन्दै आफनो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । संघको कार्यक्षेत्र भित्रका उद्योगी व्यापारीलाई प्रत्यक्ष असर पुग्ने गरि संचालन हुन लागेको मेला महोत्सव प्रति आफनो पूर्ण असहमति रहेको र संचालन नगर्न नगराउन सम्बन्धित पक्षलाई यसै विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

के भन्छ जिल्ला प्रशासन  ?

यता जिल्ला प्रशासन कार्यालय दाङले तुलसीपुर उद्योगबाणिज्य संघले दिएको चिठिको आधारमा संचालनका लागि अुनमति दिएको बताएको छ । ‘तुलसीपुर उद्योगाबाणिज्य संघले सहयोग गर्नुहोला भनेर लेखेको चिठि लिएर बाहिरा संघ आए’– प्रमुख जिल्ला अधिकारी गेजेन्द्रबहादुर श्रेष्ठले भन्नुभयो, ‘ सहमति दिय तर अहिले पुरानो चिठीहो भनेर उद्योगबाणिज्य संघका साथीहरु भन्नु हुन्छ ।’ मेला महोत्वसका लागि सोध्न आवश्यक नरहेको भन्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उद्योगबाणिज्य संघका लागि नै प्रतिउत्पादक हुने बताउनुभयो । बाहिरासंगलाई सहयो गर्नु पर्ने ठाउँमा उल्टै असयोग गरेको जस्तो देखिएको भन्दै उहाँले आफुहरुले पूर्ण रुपमा सुरक्षा दिने बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०७४ पुष १२ गते बुधवार
प्रतिक्रिया