मलैखोलामा विद्युत पुर्याउने तयारी

तुलसीपुर,११ पुस ।
बबई गाउँपालिका—७ मलैखोलामा विद्युत पुर्याउने तयारी थालिएको छ । नेपाल विद्युत् प्राधिकरण तुलसीपुर शाखाले मलैखोलामा विद्युत् सेवा पु¥याउने तयारी थालेको हो । साविकको पञ्चकुले—९ मलैखोलामा विद्युत् सेवा पुग्न सकेको छैन । जंगलको बीचमा रहेको बस्तीमा विद्युत् सेवा पु¥याउनका लागि एक सय बढी विद्युत् पोल आवश्यक पर्ने नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय तुलसीपुरले जनाएको छ ।

सोलार तथा दियालो प्रयोग गर्दै आएका मलैबासीका विद्युत् सेवा पुर्याउने काम सुरु भएपछि खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाले पोल गाड्ने काम सुरु गरेको छ । एक बर्षमा मलैखोलामा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार
प्रतिक्रिया