दाङका ६७ सिमा स्तम्भ मर्मत गरीदै

तुलसीपुर,११ पुस ।
नेपाल भारत सिमा क्षेत्र अन्र्तगत दाङ जिल्लामा निर्माण गरिएका सिमा स्तम्भ जिर्ण भएपछी त्यसको मर्मतको काम सुरु भएको छ । नेपाल सरकार र भारत सरकारको संयूक्त टोलीले सिमा स्तम्भ मर्मतको काम सुरु गरेको हो । लामो समय सम्म मर्मत नहुदा स्तम्भ भत्कीन पुगेका थिए ।

पुर्वमा कपिलवस्तु र पश्चिममा बांकेको सिमाना सम्म दाङ जिल्लामा ७७ वटा स्तम्भ रहेका छन । जसमध्ये अहिले ६७ वटा स्तम्भ जिर्ण रहेका छन । ती जिर्ण स्तम्भको मर्मत गर्नुपर्ने छ। नेपाल र भारतको संयूक्त टोलीले मर्मतको काम अघि बढाएको प्रमुख नापि अधिकृत बलराम पोख्रेलले बताउनुभएको छ । दशरथ घिमिरेले नँया युगवोधमा खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार
प्रतिक्रिया