तुलसीपुर, १० पुष
तुलसीपुर नजिकै रहेको पातुखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्ला प्राविधिक कार्यालय दाङ लगायत विभिन्न संघसंस्थाको ५२ लाख लागतमा उक्त पुलको निर्माण कार्य सम्पन्न भएको पातुखोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर विकले जानकारी दिनुभयो । तुलसीपुर दमारगाउँ सडक खण्ड देखि करिब एक सय मिटर तल पुल निर्माण भएपछि हजार्रौ सर्वसाधरण प्रत्यक्ष लाभान्वित भएको झोलुङ्गे पुल निर्माण उपभोक्तास मितिका सदस्य रेश्मी वलीले जानकारी दिनुभयो । पुलको लम्बाई ७० मिटर र चौडाई डेढ मिटर रहेको छ ।
प्रकाशित मिति : २०७४ पुष १० गते सोमवार